नि. कार्यालय प्रमुखको प्रतिबद्धता
विगत १९ बर्षदेखि वागबजार काठमाण्डौंमा कार्यालय स्थापना गरी काठमाण्डौं जिल्लाभर कार्यक्षेत्र रहेको यस ब्राइट बचत तथा ऋण सहकारी संस्था लि. विगत देखि नै सहकारी मूल्य, मान्यता, सिद्धान्त र ऐन कानुनको परिधिभित्र रही आफ्ना सदस्यहरु वीच कारोवार गर्दै आईरहेको छ । समाजमा छरिएर रहेको पुँजीलाई एकत्रित गर्दै पुँजी निर्माण गरी सदस्यहरुका आर्थिक आवश्यकता परिपूर्ति गर्न हामी हरसम्भव प्रयत्नरत छौं । आजका दिनसम्म आइपुग्दा १२०० जना सन्तुष्ट सदस्यहरुले सेवा प्राप्त गरिरहनुभएको छ । हामी विधि र प्रविधिमार्फत प्रतिस्पर्धात्मक बजारमा सदस्यहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध छौं । यस संस्थाका हरेक सदस्य हाम्रा परिवारिक सदस्य हुन । उनीहरुको सुख दुःखमा सहभागी भई आर्थिक समृद्धिका लागि उहाँहरुकै साथ रहनु हाम्रो परम कर्तब्य हो । हामीले हिजो जे जस्तो सेवा र सुविधा प्रदान गर्दै आइरहेका छौं भोलिका दिनमा त्यसलाई अझ विस्तार गर्दै जानु हाम्रो उद्देश्य हो । सदस्यहरुको बचत संकलन र उहाँहरुलाई आबश्यकता अनुसार माग बमोजिम विधीसम्मत लगानी गर्नु मात्र हाम्रो उद्देश्य होइन । संस्था समाजको एउटा अभिन्न अंग भएको नाताले सामाजिक उत्तरदायित्व वहन गर्नुसमेत हाम्रो कर्तब्य हुन जान्छ । तसर्थ सदस्य तथा समाजको आर्थिक सामाजिक तथा सांस्कृतिक क्षेत्रमा समेत हामी योगदान पु¥याउन दत्तचित्त छौं । भविष्यमा एक सफल र उदाहरणीय सहकारी संस्थाको छवि बनाउन प्रतिबद्ध रही सदस्यको पुँजीको सुरक्षित लगानी र उचित प्रतिफल प्रदान गर्न दत्तचित्त रहने प्रतिबद्धता ब्यक्त गर्न चाहन्छौं । धन्यवाद, जय सहकारी !
( दिपक श्रेष्ठ )
नि. कार्यालय प्रमुख






