News & Notice
२६ औ साधारण सभा

ब्राइट बचत तथा ऋण सहकारी संस्था

ब्राइट बचत तथा ऋण सहकारी संस्थाको सर्वमान्य सिद्धान्त, मूल्य र मान्यतालाई शिरोपर गर्दै विभिन्न जात, धर्म, पेशा तथा व्यवसायमा आबद्ध व्यक्ति एवं समुदायलाई एक्यबद्ध गर्दै स्वाबलम्बी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमित रुपले बचत गर्ने बानीको विकास गर्न तथा संकलित बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरुलाई प्रेरित गर्दै शेयर सदस्य महानुभावहरुलाई समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थित जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यले २०५६ सालमा ब्राइट बचत तथा ऋण सहकारी संस्थाको स्थापना भएको हो| यो संस्था आफ्नो स्थापनाकाल देखि नै आफ्नो उदेश्यमा अविचलित र अटल छ |यो संस्था देशको नियम कानुनको परिधि भित्र रहेर सहकारीका अन्तरास्ट्रिय सिद्धान्तहरु समेत प्रतिबद्ध रहदै आएको छ |

हाम्रो सन्देश

अध्यक्ष मन्तब्य

सर्वप्रथम यस ब्राइट बचत तथा ऋण सहकारी संस्थाप्रति विश्वास राखी सदस्यता प्राप्त गरी कारोवार संचालन गर्नुहुने सम्पूर्ण शेयर सदस्यहरुमा हार्दिक धन्यबाद ज्ञापन गर्न चाहन्छु । २०५६ भाद्र १४ गते स्थापना भई सोही वर्षको अन्त्यदेखि कारोवार सुरु गरेको यो संस्था आजको दिनसम्म आइपुग्दा एक सफल विश्वासिलो र भरपर्दो संस्थाको रुपमा उभ्याउन पाउँदा हामीलाई गर्व लाग्दछ । ३४ जना शेयर सदस्यबाट रु. १,७०,०००। को पुँजीबाट सुरु गरिएको यो संस्था आजको दिनसम्म आइपुग्दा ८ करोड भन्दा बढी शेयर पुँजी ९ करोड भन्दा बढीको जगेडा कोष तथा करिब ८० करोडको कारोवार गर्न सफल भएका छौं ।

सहकारी मार्फत दिगो आर्थिक विकासमा योगदान पु¥याई “ सर्वाङ्गीण समृद्धिका लागि सहकारी ” भन्ने मूल मन्त्रका साथ अगाडि बढेको यो संस्था वर्तमान तथा भविष्यमा सदस्यहरुका सम्पूर्ण आर्थिक गतिविधिमा प्रत्यक्ष संलग्न हुँदै अगाडि बढ्ने ढृढ अठोटका साथ संचालित छ । म अपेक्षा गर्दछु कि सम्पूर्ण सदस्यहरुले विगत र वर्तमानमा जस्तै भविष्यमा समेत संस्थाप्रति विश्वास जनाई निरन्तर कारोवार गर्नु नै हुनेछ र हामी पनि तपाईंहरुका सबै आर्थिक तथा सामाजिक क्रियाकलापमा हातेमालो गर्दै समृद्धि हासिलका लागि निरन्तर लागि पर्ने छौं ।

धन्यवाद जय सहकारी !

लक्ष्मण न्यौपाने

- अध्यक्ष
नि.कार्यालय प्रमुख मन्तब्य

विगत २५ बर्ष देखि वागबजार काठमाण्डौंमा कार्यालय स्थापना गरी काठमाण्डौं जिल्ला भर कार्यक्षेत्र रहेको यस ब्राइट बचत तथा ऋण सहकारी संस्था लि. विगत देखि नै सहकारी मूल्य, मान्यता, सिद्धान्त र ऐन कानुनको परिधिभित्र रही आफ्ना सदस्यहरु वीच कारोवार गर्दै आईरहेको छ । समाजमा छरिएर रहेको पुँजीलाई एकत्रित गर्दै पुँजी निर्माण गरी सदस्यहरुका आर्थिक आवश्यकता परिपूर्ति गर्न हामी हरसम्भव प्रयत्नरत छौं । आजका दिनसम्म आइपुग्दा लगभग १२०० जना सन्तुष्ट सदस्यहरुले सेवा प्राप्त गरिरहनुभएको छ । हामी विधि र प्रविधिमार्फत प्रतिस्पर्धात्मक बजारमा सदस्यहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध छौं । यस संस्थाका हरेक सदस्य हाम्रा परिवारिक सदस्य हुन । उनीहरुको सुख दुःखमा सहभागी भई आर्थिक समृद्धिका लागि उहाँहरुकै साथ रहनु हाम्रो परम कर्तब्य हो । हामीले हिजो जे जस्तो सेवा र सुविधा प्रदान गर्दै आइरहेका छौं भोलिका दिनमा त्यसलाई अझ विस्तार गर्दै जानु हाम्रो उद्देश्य हो । सदस्यहरुको बचत संकलन र उहाँहरुलाई आबश्यकता अनुसार माग बमोजिम विधीसम्मत लगानी गर्नु मात्र हाम्रो उद्देश्य होइन । संस्था समाजको एउटा अभिन्न अंग भएको नाताले सामाजिक उत्तरदायित्व वहन गर्नुसमेत हाम्रो कर्तब्य हुन जान्छ । तसर्थ सदस्य तथा समाजको आर्थिक सामाजिक तथा सांस्कृतिक क्षेत्रमा समेत हामी योगदान पु¥याउन दत्तचित्त छौं । भविष्यमा एक सफल र उदाहरणीय सहकारी संस्थाको छवि बनाउन प्रतिबद्ध रही सदस्यको पुँजीको सुरक्षित लगानी र उचित प्रतिफल प्रदान गर्न दत्तचित्त रहने प्रतिबद्धता ब्यक्त गर्न चाहन्छौं । धन्यवाद, जय सहकारी !

दिपक श्रेष्ठ

- नि.कार्यालय प्रमुख

वित्तीय सेवाहरू

ब्राईट साकोसको
सेवा प्राप्त गर्नुहोस

सम्पर्क गर्नुहोस >
२०८३ साल बैशाख मसान्त सम्मको (अपरिष्कृत) वित्तीय तथा अन्य विवरण
शेयर पूँजी : रुः ७‚९४‚६३‚६००।०० कूल शेयर सदस्य संख्या : ११५० जना
जगेडा कोष : रुः ९‚३८‚९७‚४०५।८४ कुल बचत रकम : रुः ५७‚६१‚९२‚२९२।०६
ऋण लगानी रकम : रुः ५८‚७६‚०४‚८९७।५६ सम्पत्ति हिसाब भवन सहित : रुः ६‚२९‚१८‚७२८।७०
कुल संस्थागत पूँजी : रुः ९‚७५‚०३‚६४५।८९ कुल बाह्य ऋण रकम : रुः २‚५१‚६७‚४३७।००
कुल सम्पत्ति : रुः ९२‚६९‚६२‚०१८।५१ तरलता रकम : रुः १३‚६२‚९८‚९७२।००
कूल ऋणी सदस्य संख्या : १२४ जना

कार्यक्रमहरू

सबै हेर्नुहोस्
सस्थाको २६औ बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न ।

सस्थाको २६औ बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न ।

ब्राइट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। यस सभामा संस्थाको विगत एक वर्षको प्रग...

२०८२ चैत १९
थप पढ्नुहोस् →

बारम्बार सोधिने प्रश्चहरु

सदस्य पहिचान फारम के हो?

सदस्यको पहिचान, कारोबार र कानुनी वैधता सुनिश्चित गर्न भरिने आधिकारिक फारम हो।

सदस्य पहिचान फारम किन भर्ने?

सदस्य पहिचान फारम कारोबारको कानुनी वैधता सुनिश्चित गर्न, वित्तीय सुविधा प्राप्त गर्न र शंकास्पद कारोबारको झन्झटबाट सुरक्षित हुन भर्ने गरिन्छ।

सदस्य पहिचान फारम भर्नुपर्छ कि पर्दैन?

यदि सदस्य पहिचान फारम अझै भर्नुभएको छैन भने आजै कार्यालयमा सम्पर्क गरी अनिवार्य रूपमा भर्नु आवश्यक हुन्छ।

कहिले सदस्य पहिचान फारम अपडेट (अध्यावधिक) गर्नुपर्छ?

राजनीतिक तथा प्रशासनिक उच्च ओहदामा आफू वा परिवारको सदस्य भएमा प्रत्येक वर्ष अपडेट गर्नुपर्छ, पालिका वा सोभन्दा माथिल्लो निकायमा निर्वाचित व्यक्ति वा त्यस्ता व्यक्तिका परिवार भएमा प्रत्येक वर्ष अपडेट गर्नुपर्छ, उच्चपदस्थ व्यक्तिसँग व्यावसायिक साझेदारी वा प्रत्यक्ष सरोकार राख्ने व्यक्ति भएमा प्रत्येक वर्ष अपडेट गर्नुपर्छ, वार्षिक रु. ३० लाख भन्दा माथिको कारोबार गर्ने भएमा प्रत्येक वर्ष अपडेट गर्नुपर्छ, वार्षिक रु. १० लाख देखि ३० लाखसम्मको कारोबार गर्ने भएमा प्रत्येक दुई वर्षमा अपडेट गर्नुपर्छ र अन्य सबै सदस्यहरुले प्रत्येक तीन वर्षमा नियमित रूपमा अपडेट गर्नुपर्छ।

सदस्य पहिचान फारम भर्न के कागजात चाहिन्छ?

सदस्य पहिचान फारम भर्न नेपाली नागरिकताको प्रतिलिपि (आफ्नो र हकवाला दुबै जनाको), हालसालै खिचिएको फोटो र चालु मोबाइल नम्बर, पारिवारिक नाता खुल्ने विवरण, राष्ट्रिय परिचय पत्र (यदि भएमा) र PAN कार्ड (यदि भएमा) आवश्यक पर्छ।

फारम नभरिए के हुन्छ?

सदस्य पहिचान फारम नभरिएमा वित्तीय सेवा लिन समस्या आउन सक्छ र कानुनी तथा नियामक प्रक्रियामा अवरोध सिर्जना हुन सक्छ।