हार्दिक धन्यवाद तथा आभार



ब्राइट बचत तथा ऋण सहकारी संस्था लि. ले यहि २०७६ भाद्र १४ गते शनिबारका दिन आफ्नो २० औं स्थापना दिवस एवं बार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न गर्यो । यस अवसरमा संस्थाले समाजिक उत्तरदायित्व अन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका वडा नं ११ खरेलथोकमा रहेको सुस्त मनस्थिति पुनर्स्थापना केन्द्रमा आश्रित वौद्धिक अपाङ्गता भएकाहरुका लागि इन्टरनेट जडान, स्टेशनरी सामाग्री र आवश्यक किचनका सामाग्री हस्तान्तरण सहित कपन काठमाण्डौंमा रहेको दृष्टिविहिनद्वारा सञ्चालित अन्तर्दृष्टि नेपाल नामक संस्थामा आश्रित १२ जना अनाथ बालबालिकाका लागि १ बर्षको खाजा खर्च उपलव्ध गराइयो। साथै मकवानपुर जिल्लाको चेपाङ्गवस्तीमा रहेको सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका लागि शैक्षिक सामाग्री वितरण गर्ने निर्णय समेत गरियो । यसै अवसरमा संस्थाका शेयर सदस्य गणेशप्रसाद भट्टराईको दुर्घटना परि दुःखद निधन भएकोमा निजका परिवारलार्य रु.२०००००।– वीमा रकम समेत हस्तान्तरण गरियो । साधारण सभाले विभिन्न निर्णय गर्नुका साथै सदस्यहरुलाई १५% नगद लाभाशं प्रदान गर्ने प्रस्ताव समेत पारित ग¥यो । कुल ५१ करोड कारोबार रहेको संस्थामा ६ करोड ३० लाख शेयर पूँजी, जगेडा तथा अन्य कोषहरु ६ करोड ६६ लाख, ३८ करोड निक्षेप, ४२ करोड ऋण लगानी तथा २ करोड २ लाख खुद मुनाफा रहेको छ । स्थापना दिवस तथा साधारण सभाको अवसरमा प्रमूख अतिथिको रुपमा सहभागी हुनभएकोमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटा, विशिष्ठ अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव वडाल, प्रतिनिधि सभा सांसद झपट रावल ,काठमाण्डौ महानगरपालिका उप मेयर हरिप्रभा खड्गी ,नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष परितोष पौड्याल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक हरिहरनाथ योगी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का कोषध्यक्ष सुनिल कटुवाल, नेपाल हेभी इक्युप्मेण्ट एसोसियसनका अध्यक्ष ताराबहादुर कुँवर लगाएत कार्यक्रममा सहभागी हुनुभएकोमा उहाँहरुप्रति हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गर्दछौ । साथै उक्त अवसरमा वास्तुविद तथा कलाकार नेपालको राष्ट्रिय झण्डाका रिडिजाइनर एवं व्याख्याता शंकरनाथ रिमाललाई सम्मान समेत गरिएको थियो । कार्यक्रको अन्त्यमा संस्थाका महिला शेयर सदस्यहरुका लागि तिज विशेष कार्यक्रम समेत आयोजना गरिएको थियो ।

कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न हल व्यवस्थापन तथा खानाको समेत उचित प्रबन्ध गर्ने होटल हार्दिक परिवार साथै कार्यक्रममा उत्साहजनक सहभागीता जनाउनुहुने सम्पुर्ण शेयर सदस्य प्रति धन्यवाद ज्ञापन गर्दछौ ।

Leave a Comment